महिला लघुवित्त वित्तीय संस्था संस्थाको गत शुक्रबार बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आउँदो फागुन २१ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काभ्रेको धुलिखेलस्थित आगन्तुक रिसोर्ट भ्युटार मार्गमा बिहान ११ बजेबाट सुरु हुनेछ।
सभाले आर्थिक वर्ष २०७८–७९का लागि प्रस्तावित चुक्तापुँजीको कुल ५० प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ४७.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ २.५ प्रतिशत नगद लाभांश छन्।
बोनस सेयर वितरणपछि जारी पुँजी र चुक्तापुँजी वृद्धि हुने भएकोले सोहीबमोजिम प्रबन्धपत्र र नियमावली संशोधन गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ।
अन्य उपयुक्त लघुवित्त संस्था आपसमा गाभ्ने वा प्राप्ति प्रयोजनका लागि उपयुक्त देखिएमा सम्पूर्ण प्रक्रिया अगाडि बढाउने अख्तियारी सञ्चालक समिति वा समितिले तोकेको व्यक्तिलाई दिने विशेष प्रस्ताव सभाले अनुमोदन गरेको छ।
सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पनि स्वीकृत गर्नेछ।
लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ संस्थाले फागुन ५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ फागुन ४ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो संस्थाको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।