
बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेड संस्थाले जारी पुँजीको ३ करोड रुपैयाँको ३२.३३ प्रतिशतले हुन आउने ९७ लाख रुपैयाँबराबरको आइपीओ जारी गर्न लागेको हो। जसमा १० प्रतिशतले हुन आउने ९ हजार ७ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिएको हो। वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा आज माघ २२ गतेबाट बिक्री खुला गरिएको छ।
संस्थाले जारी पुँजीको ०.५ प्रतिशतले हुन आउने १ हजार ५०० कित्ता कर्मचारीका लागि र ५ प्रतिशतले हुन आउने ४ हजार ८५० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरेको छ। बाँकी ८० हजार ९५० कित्तामा सर्वसाधारणले खरिद आवेदन दिन पाउनेछन्। सर्वसाधारणका लागि भने आउँदा फागुन १८ गतेदेखि आईपीओ बिक्री खुला गरिनेछ।
यो आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीले आउँदो फागुन ८ गतेसम्म आवेदन दिन सक्नेछन्। सर्वसाधारणका लागि जारी हुने आईपीओको निष्कासन बन्द भने छिटोमा फागुन २३ गते र ढिलोमा चैत २ गते बैंकिङ समयपछि हुनेछ।
दुवै थरीका लगानीकर्ताले आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म खरिद आवेदन दिन सक्नेछन्। लगानीकर्ताले नेपाल धितोपत्र बार्डबाट अनुमतिप्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरमार्फत आवेदन दिन सक्छन्।
बिपिडब्लु लघुवित्तको आईपीओ बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ।