नेपाल स्टक एक्सचेन्ज नेप्सेले आज एक सूचना प्रकाशित गरी वर्गीकरणका लागि आवश्यक विवरण पठाउन सूचीकृत संगठित संस्थाहरुलाई निर्देशन दिएको हो। धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम ११ बमोजिम सूचीकृत संगठित संस्थाहरुको वर्गीकरण गर्नुपर्ने व्यवस्था भएकोले सोका लागि आवश्यक विवरण पठाउन नेप्सेले सूचित गरेको छ।

त्यस्ता विवरण पेस गर्न नेप्सेले आफ्नो वेबसाइटमा ढाँचा फाराम पनि उपलब्ध गराएको छ। विवरणहरु यही फागुन १० गतेसम्म कार्यालय समयभित्र प्राप्त हुने गरी वा लिस्टिङ शाखाको ई–मेलमार्फत उपलब्ध गराउन नेप्सेले आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया