
आशा लघुवित्त वित्तीय संस्था लिमिटेड संस्थाको सोमबार साँझ बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजीको कुल २१.०५२६ प्रतिशतले हुन आउने ७ करोड २ लाख ९७ हजार ६८४ रुपैयाँबराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
प्रस्तावित लाभांशमा २० प्रतिशतले हुन आउने ६ करोड ६७ लाख ८२ हजार ८०० रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ १.०५२६ प्रतिशतले हुन आउने ३५ लाख १४ हजार ८८४ रुपैयाँबराबरको नगद लाभांश छन्।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी वितरण गरिने संस्थाले जनाएको छ।