सगरमाथा जजलविद्युत कम्पनीले दोस्रोपटक स्थानीयका लागि जारी आईपीओमा आवेदन दिने म्याद फेरि थप गरेको छ।
गर्दै यो आईपीओमा आवेदन दिने मिति फागुन ५ गतेसम्म लम्बाएको हो।
कम्पनीले गत माघ ५ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा र विदेशमा रहेका नेपाली श्रमिकका लागि आईपीओ बिक्री खुला गरेको थियो। विदेशमा रहेका श्रमिकाका लागि भने गत माघ १९ गतेसम्म आवेदन दिने व्यवस्था गरिएको थियो। मागबमोजिम आवेदन नपरेकोले स्थानीयका लागि भने आवेदन दिने म्याद भने माघ २६ गतेसम्म थप गरिएको थियो। तर, मागबमोजिम आवेदन नपरेको स्थानीयका लागि आवेदन दिने म्याद फेरि थपिएको धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ।
कम्पनीले जारी पुँजी १ अर्ब १२ करोड रुपैयाँको १० प्रतिशतले हुन आउने कुल ११ लाख २० हजार कित्ता आईपीओ आयोजना प्रभावित इलाम जिल्लावासीलाई बिक्री खुला गरेको छ।
स्थानीय न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म खरिद आवेदन दिन सक्नेछन्।
स्थानीयले इलामस्थित प्रभु बैंक, सेञ्चुरी कमर्सियल बैंक र प्राइम बैंकमा खरिद आवेदन पेस गर्न सक्नेछन्। प्रभु क्यापिटलले तयार पारेको अनलाइनबाट आवेदन दिन सकिनेछ।

Online Arthik










