इसेवा मनी ट्रान्सफरको ‘मेरो डिजिटल देश’ योजनाअन्तर्गत डिजिटल रेमिट्यान्सलाई प्रवर्द्धन गर्न ब्रान्ड फेससमेत रहेकी स्वस्तिमा खड्का संयुक्त राज्य इमिरेट्स् यूएई जाने भएकी छन्।
उद्देश्यले अल अन्सारी एक्सचेन्ज र इसेवा मनी ट्रान्सफरको निम्तोमा अभिनेत्री खड्का फेब्रुअरी १८ शनिबारका दिन यूएई जान लागेकी हुन्।
खड्काले दुबईस्थित अल घुराइर मलमा १९ फेबु्रअरीकै दिन एक विशेष कार्यक्रममा समेत सहभागी हुने बताइन्। कार्यक्रममा उनले त्यहाँ सहभागी सबैसँग साँझ ४ बजेदेखि साँझ ७ बजेसम डिजिटल रेमिट्यान्सका बारेमा छलफल र नेपालीहरुसँग अन्तर्क्रिया गर्ने छिन्।
खड्का २० फेबु्रअरी सोमबार आबुधावीस्थित हमदान शाखामा दिउँसो ४ बजेदेखि ५ बजेसम्म रहने छिन्।
अल अन्सारी एक्सचेन्ज संयुक्त अरब इमिरेट्स यूएईको सबैभन्दा ठूलो रेमिट्यान्स कारोबार गर्ने एक्सचेन्ज कम्पनी हो। अहिले इसेवा मनी ट्रान्सफरले ‘मेरो डिजिटल देश’ योजना सञ्चालन गरिरहेको छ। ‘मेरो डिजिटल देश’ योजनाले विश्वभरबाट नेपालमा बैंक खाता वा वालेटमार्फत रेमिट्यान्स भित्र्याउन विभिन्न कार्यक्रम गर्नुका साथै यो अभियानमा सहभागीहरुलाई विभिन्न उपहारसमेत दिइरहेको छ।
मेरो डिजिटल देश योजनाअन्तर्गत डिजिटल माध्यमबाट रेमिट्यान्स पठाउने एकजनालाई काठमाण्डौमा घरसमेत दिने योजना इेसेवा मनी ट्रान्सफरले अघि सारेको छ।
अभिनेत्री खड्काले यो योजनाअन्तर्गत विदेशमा श्रम गरेर देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिइरहेका नेपालीहरु भेट्न आफू निकै उत्साहित रहेको बताइन्। उनले यूएईमा आफूले सकेसम्म धेरै नेपालीसँग भेट्ने आकांक्षा रहेको बताइन्।
यसका साथै खड्काले पूर्वनिर्धारित कार्यक्रम स्थलमा समेत सहभागी हुन यूएईमा रहेका सम्पूर्ण नेपालीलाई अनुरोध गरेकी छन्।

तपाईको प्रतिक्रिया