ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेड संस्थाको मंगलबार (फागुन २ गते) बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा यही फागुन २४ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा पोखराको बैस्ट रिसोर्ट नेपालमा बिहान ९ बजेबाट सुरु हुनेछ।
सभाले आर्थिक वर्ष २०७८–७९का लागि प्रस्तावित चुक्तापुँजीको कुल २० प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा १२ प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगद लाभांश (करसहित) छन्।
बोनस सेयर वितरणपछि जारी र चुक्तापुँजी पनि वृद्धि हुने भएकोले सोहीअनुसार प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव सभाले पारित गर्नेछ। संस्थाको उद्देश्य प्राप्त गर्न गरिने कामहरुमा इनवार्ड रेमिट्यान्ससम्बन्धी कार्यहरु गर्न खण्ड (प) थप गर्ने विशेष प्रस्ताव अनुमोदन गर्नेछ।
सभाले अन्य उपयुक्त लघुवित्त संस्था आपसमा गाभ्ने वा प्राप्ति गर्न उपयुक्त देखिएमा सम्पूर्ण प्रक्रिया अगाडि बढाउने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव सभाले पारित गर्नेछ।
सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन पनि स्वीकृत गर्नेछ।
लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ संस्थाले फागुन १६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ फागुन १५ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो संस्थाको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

Online Arthik










