मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेड कम्पनीले १०० अंकित दरका कुल २७ लाख २८ हजार ५०० कित्ता आईपीओ बिक्री खुला गरेको हो। कम्पनीले कुल कित्तामध्ये १० प्रतिशतले हुन आउने २ लाख ७२ हजार ८५० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरिसकेको छ।

यसैगरी ५ प्रतिशतले हुन आउने १ लाख ३६ हजार ४२५ कित्ता सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने ५४ हजार ५७० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी २२ लाख ६४ हजार ६५५ कित्तामा भने सर्वसाधारण आवेदन दिन पाउनेछन्।

यो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ८ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा तथा सीडीएससीको मेरो सेयरबाट खरिद आवेदन दिन सक्नेछन्।

यो आईपीओको निष्कासन बन्द छिटोमा फागुन १० गते र ढिलोमा फागुन १८ गते बैंकिङ समयपछि हुने भनिएको छ।

मोलुङ हाइड्रोपावरको आईपीओ बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ।

 

तपाईको प्रतिक्रिया