सगरमाथा जलविद्युत कम्पनीले दोस्रोपटक म्याद थप गर्दै यो आईपीओमा आवेदन दिने आज फागुन ५ गतेसम्म लम्बाएको थियो। त्यसैले आज बैंकिङ समयसम्म आवेदन दिन पाइने प्रभु क्यापिटलले जनाएको छ।
कम्पनीले गत माघ ५ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा र विदेशमा रहेका नेपाली श्रमिकका लागि आईपीओ बिक्री खुला गरेको थियो। विदेशमा रहेका श्रमिकाका लागि भने गत माघ १९ गतेसम्म आवेदन दिने व्यवस्था गरिएको थियो।
कम्पनीले जारी पुँजी १ अर्ब १२ करोड रुपैयाँको १० प्रतिशतले हुन आउने कुल ११ लाख २० हजार कित्ता आईपीओ आयोजना प्रभावित इलाम जिल्लावासीलाई बिक्री खुला गरेको छ।
स्थानीय न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म खरिद आवेदन दिन सक्नेछन्।
स्थानीयले इलामस्थित प्रभु बैंक, सेञ्चुरी कमर्सियल बैंक र प्राइम बैंकमा खरिद आवेदन पेस गर्न सक्नेछन्। प्रभु क्यापिटलले तयार पारेको अनलाइनबाट आवेदन दिन सकिनेछ।

Online Arthik










