छ्याङ्दी हाइड्रोपावर लिमिटेड कम्पनी सञ्चालक समितिको शुक्रबार (फागुन १२ गते) बसेको बैठकले हकप्रद सेयरको आकार बढाउने निर्णय गरेको हो।
कम्पनीको गत पुस ३० गतेसम्म सम्पन्न आठौँ वार्षिक साधारणसभाले चुक्तापुँजीको ४० प्रतिशत हकप्रद जारी गर्ने निर्णय गरेको हो। शुक्रबार बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय खारेज गरेको छ।
सञ्चालक समितिले हालको चुक्तापुँजीको १५० प्रतिशतमात्र अर्थात १ः१.५ प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव आगामी वार्षिक साधारणसभामा पेस गर्ने निर्णय गरेको छ। सभामा प्रस्ताव लैजानुअघि कम्पनीले नियमनकारी निकायहरुबाट स्वीकृति लिनेछ।

Online Arthik










