आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड कम्पनीले आज फागुन ११ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ। यो आईपीओमा आज बैंकिङ समयसम्म आवेदन दिन सकिने धितोपत्र बिक्री प्रबन्धकमा सनराइज क्यापिटलले जनाएको छ।

संस्थाले जारी पुँजीको ६ करोड २३ लाख ३८ हजार रुपैयाँको ३२.६२५ प्रतिशतले हुन आउने १०० अंकित दरका कुल २ लाख ३ हजार ३८० कित्ता आईपीओ सर्वसाधारणका लागि छुट्याएको थियो। जसको १० प्रतिशतले हुन आउने २० हजार ३३८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्कासन गरिसकिएको छ। वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई गत माघ १६ गतेदेखि फागुन २ गतेसम्म आईपीओ बिक्री खुला गरिएको थियो।

संस्थाले जसमा जारी पुँजीको ०.५ प्रतिशतले हुन आउने ३ हजार ११७ कित्ता सेयर कर्मचारीलाई र ५ प्रतिशतले हुन आउने १० हजार १७० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी १ लाख ६९ हजार ७५५ कित्तामा सर्वसाधारणले खरिद आवेदन दिन पाउनेछन्।

सीडीएससीका अनुसार हिजो आइतबार साँझसम्म १२ लाख २४ हजार १६ आवेदकबाट १ करोड ३६ लाख ८० हजार ३३० कित्ताका लागि आवेदन परेको छ। जुन मागभन्दा ८०.५८ गुणाले बढी हो ।

मागभन्दा बढी आवेदन परेकै कारण यो आईपीओ गोलाप्रथाबाट बाँडफाँड हुनेछ।

सर्वसाधारणले यो आईपीओमा उनीहरुले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताका लागि खरिद आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालय र सीडीएससीको मेरो सेयरमार्फत आईपीओमा आवेदन दिन सक्छन्।

 

तपाईको प्रतिक्रिया