आइएमई लाइफ इन्स्योरेन्स कम्पनी सञ्चालक समितिको आइतबार (फागुन १४ गते) बसेको बैठकले वार्षिक साधारणसभा आउँदो चैत ६ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको लैनचौरस्थित लैनचौर ब्यांक्वेटमा बिहान ११ बजेदेखि सुरु हुनेछ।
सभाले सर्वसाधारणलाई छुट्याइएको सेयर जारी गर्ने कार्यको सम्बन्धमा नियमनकारी निकायहरुबाट प्राप्त निर्देशन कार्यान्वयन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव अनुमोदन गर्नेछ। सभाले कम्पनीको सञ्चालक समितिमा स्वतन्त्र सञ्चालक नियुक्ति स्वीकृत गर्नेछ।
कम्पनीको पुँजी संरचना परिवर्तन गरी प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव सभाले पारित गर्नेछ।

Online Arthik










