हुन्डाईले “ अपग्रेड योर इलेक्ट्कि जोर्नि उइथ आइनिक ५” भन्ने नारासहित एक्सचेन्ज अफर सुरु गरेको छ, जसअन्तर्गत ग्राहकले आफ्ना कुनै पनि विद्युतीय गाडी ल्याई नेपालमा सर्वाधिक रुचाइएको हुन्डाईको विद्युतीय गाडी कोना वा आइनिक सँग साट्न सक्नेछन्। यो एक्सचेन्ज योजनामा कोना को न्यूनतम एक्सचेन्ज मूल्यांकन रु।४० लाख कायम गरिएको छ। जुन हालसम्मको मूल्यांकनमा सबभन्दा बढी जनाएको छ।
यो अभियानले नयाँ र विकसित विद्युतीय सवारीसाधनमा अपग्रेड गर्न खोजिरहेका ग्राहकहरूका लागि उत्कृष्ट अवसर दिनेछ। यस अफरको फाइदा उठाएर ग्राहकले आफ्नो पुरानो प्यलब ईभीको उचित मूल्य प्राप्त गर्नुका साथै नयाँ कोना इलेक्ट्कि वा आइनिक ५ को उत्कृष्ट सुविधाहरु र राम्रो पर्फर्मेन्सको आनन्द उठाउन सक्नेछन्।
नेपालका विद्युतीय सवारी साधनहरुमा हुन्डाई इभीहरु अग्रपंत्तिमा रहेका छन्। यी ईभीहरुले विश्वभरका ग्राहकहरुको मन जित्न सफल हुनुका साथै नेपाली बजारमा पनि आफ्नो दरो वर्चस्व कायम गरी सफलता हासिल गरिरहेको छ। प्रतिस्पर्धात्मक विद्युतीय सवारीसाधनको बजारमा हुन्डाईले फ्युचरिस्टिक डिजाइन, अतुलनीय पर्फर्मेन्स र विश्वसनीयताको माध्यमबाट उत्कृष्टताको नयाँ मापदण्ड कायम गरेको छ।
यो योजनाबाट ग्राहकहरुले कोना तथा आइनिक ५ को सम्पूर्ण विशेषताहरुसँग साक्षात्कार गर्न पाउनेछन्। यो एक्सचेन्ज योजनाले हुन्डाईका विद्युतीय गाडीहरुप्रति ग्राहकहरुको भरोसा बढ्ने विश्वास कम्पनीले लिएको छ।
एक्सचेन्ज अफर योजना नेपालभरिको हुन्डाई शोरुमहरुमा उपलब्ध छ। कम्पनीले देशभरका १७ डिलर र १९ सर्भिस सेन्टरसहित ४० वटा चार्जिङ स्टेसनमार्फत नेपालभरि नै सबै हुन्डाई गाडीहरुको सहज खरिद र सर्भिसिङको सेवा दिँदै आएको छ। यस कम्पनीले परिवर्तनशिल नयाँ संरचनामार्फत सवारीसाधन बिक्री मात्र नभई देशभर चार्जिङ स्टेसन विस्तार गरी नेपालमा विद्युतीय सवारीसाधन चलाउने संस्कृतिको विकास गर्ने प्रतिबद्धता जनाएको छ।

तपाईको प्रतिक्रिया