डेभलपमेन्ट बैंकर्स एसोसिएसनको कार्य समितिको बैठकले १७ औँ वार्षिक साधारणसभा आउँदो चैत ३ गते चितवन नेसनल पार्कस्थित होटेल मेघौलीसराई, ताज सफारीमा वार्षिक साधारणसभा आयोजना गर्नेछ। सभा दिउँसो १ बजेबाट सुरु हुनेछ।

सभाले आगामी २ वर्ष कार्यकालका लागि नयाँ कार्यसमितिका पदाधिकारी चयन गर्नेछ।

सभाले आर्थिक वर्ष २०७८–७९को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पारित गर्नेछ। चालु आर्थिक वर्ष २०७९–८०का लागि लेखापरीक्षक नियुक्त गर्ने, निजको पारिश्रमिक निर्धारण गर्ने र अनुमानित आय–व्याय पारित गर्नेछ।

विधान संशोधन गर्ने प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।

 

तपाईको प्रतिक्रिया