स्वाभिमान लघुवित्त वित्तीय संस्थाको सोमबार (फागुन १५ गते) बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आउँदो चैत ११ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा रुपन्देहीको बुटवलस्थित डार्सिज इन्टरनेसनल होटेलमा बिहान ११ बजेबाट हुनेछ।

सभाले आर्थिक वर्ष २०७८–७९को मुनाफाबाट प्रस्तावित हाल कायम चुक्तापुँजी १२ करोड १७ लाख ८२ हजार १५० रुपैयाँको कुल २१.०५२६ प्रतिशतले हुन आउने २ करोड ५६ लाख ३८ हजार ३४७.३७ रुपैयाँबराबरको लाभांश पारित गर्नेछ। जसमा २० प्रतिशतले हुन आउने २ करोड ४३ लाख ५६ हजार ४३० रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ १.०५२६ प्रतिशतले हुन आउने १२ लाख ८१ हजार ९१७.३७ रुपैयाँबराबरको नगद लाभांश छन्।

लाभांश वितरणपछि जारी पुँजी र चुक्ता पुँजी वृद्धि हुने भएकोले सोहीअनुसार प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।

अन्य उपयुक्त लघुवित्त संस्थासँग मर्जर र प्राप्ति प्रक्रिया अगाडि बढाउन आवश्यक देखिएमा सम्पूर्ण कार्य गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव सभाले पारित गर्नेछ।

सभाले गत आर्थिक वर्षको वार्षिक र लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ संस्थाले आउँदो चैत ३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ चैत २ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो लघुवित्तको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

 

तपाईको प्रतिक्रिया