
नेपाल राष्ट्र बैंकको निर्देशनमा नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई चुक्तापुँजी ५८ करोड ६६ लाख ७४ हजार ९७३ रुपैयाँको ३८.५ प्रतिशतले हुन आउने २२ करोड ५८ लाख ६९ हजार ८६४.८० रुपैयाँबराबरको बोनस सेयर प्रस्तावित लाभांशमा संशोधन गरेको छ।
प्रस्तावित लाभांश संस्थाले स्वीकृतिका लागि राष्ट्र बैंकमा पठाएको थियो। तर, चुक्तापुँजीको ३४.४५ प्रतिशतले हुन आउने २० करोड २१ लाख ९ हजार ५२८.३७ रुपैयाँबराबरको बोनस सेयरमात्र वार्षिक साधारणसभाबाट स्वीकृत गरी वितरण निर्देशन दिएको छ।
राष्ट्र बैंकको निर्देशनबमोजिम अब संस्थाले ३४.४५ प्रतिशत बोनस सेयर आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गर्नेछ।
यसका साथै संस्थाले २०७८ असार ३० गते साविकको महिला सहयात्रा लघुवित्तलाई प्राप्ति गरेका कारण सो मितिभन्दा अगाडि कायम सेयरधनीहरुलाई प्राप्ति मितिदेखि दुई आर्थिक वर्षसम्म लाभांशमा कर छुट हुने व्यवस्थाका कारण हाल लाभांश कर प्रयोजनार्थ छुट्टै रकम नछुट्याइएको संस्थाले जनाएको छ।