
नेपाल राष्ट्र बैंकले गत शुक्रबार पत्राचार गर्दै जीवन विकास लघुवित्तलाई यसअघि प्रस्तावित लाभांशमा संशोधन गर्न निर्देशन दिएको २०७८–७९का लागि प्रस्तावित लाभांशमा संशोधन गरेको छ।
यसअघि गत फागुन ६ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई चुक्तापुँजीको २८ प्रतिशतले हुन आउने बोसन सेयर र ९.३६८४ प्रतिशतले हुन आउने नगद लाभांश (करसहित) गरी कुल ३७.३६८४ प्रतिशत लाभांश प्रस्ताव गर्दै स्वीकृतिका लागि राष्ट्र बैंक पठाएको थियो।
राष्ट्र बैंकले बोनस सेयर र नगद लाभांश दुवै घटाउँदै संस्थाले पत्राचार गरेको थियो।
राष्ट्र बैंककै निर्देशनअनुसार अब जीवन विकास लघुवित्तले चुक्तापुँजीको २६ प्रतिशत बोनस सेयर र ७.५ प्रतिशत नगद लाभांश (करसहित) गरी कुल ३३.१५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ।
प्रभावित लाभांश अब आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने संस्थाले जनाएको छ।