
जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले गत कात्तिक १९ गते बसेको संस्था सञ्चालकको बैठकले आर्थिक वर्ष २०७८–७९को मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी ७६.८४२१ प्रतिशतले हुन आउने लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। जसमा ७३ प्रतिशत बानेस सेयर र कर प्रयोजनार्थ ३.८४२१ प्रतिशत नगद लाभांश छन्।
प्रस्तावित लाभांश स्वीकृतिका लागि संस्थाले राष्ट्र बैंकमा पेस गरेको थियो। तर, राष्ट्र बैंकले गत फागुन १० गतेको परिपत्रबमोजिम लघुवित्त संस्थालाई जारी गरिएको एकीकृत निर्देशनबमोजिम लाभांश वितरणसम्बन्धी भएको व्यवस्था संशोधन गरेको थियो।
राष्ट्र बैंकले फेरि गत फागुन १७ गते परिपत्र जारी गर्दै लघुवित्त संस्थाहरुलाई संशोधित एकीकृत निर्देशनबमोजिम हुने गरी मात्रै लाभांश प्रस्ताव गर्न निर्देशन दिएको थियो।
सोही कारण लामो समयदेखि राष्ट्र बैंकमा पेस भएको लाभांश वितरण प्रस्ताव स्वीकृत हुन नसकेको जाल्पा सामुदायिक लघुवित्तले जनाएको छ। यस हिसाबले यो लघुवित्तले प्रस्ताव गरेको बम्पर लाभांशमा के हुने हो भन्ने विषयमा अझै अन्यौलता देखिएको छ।