एसियन लाइफ इन्स्योरेन्स कम्पनी सञ्चालक समितिको आज फागुन ३० गते बिहान बसेको बैठकले उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजी २ अर्ब ९० करोड ८१ लाख ११ हजार ७५ रुपैयाँको कुल ८.९४७ प्रतिशतले हुन आउने २६ करोड १ लाख ९९ हजार ४१२ रुपैयाँबराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

प्रस्तावित लाभांशमा ८.५ प्रतिशतले हुन आउने २४ करोड ७१ लाख ८९ हजार ४४२ रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.४४७ प्रतिशतले हुन आउने १ करोड ३० लाख ९ हजार ९७० रुपैयाँबराबरको नगद लाभांश छन्।

प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।

 

तपाईको प्रतिक्रिया