कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालन हुने कुमारी सुनौलो लगानी योजनाको इकाइहरु चैत ९ गतेबाट बिक्री खुला गरिने भएको छ। यो योजनाको निष्कासन बन्द छिटोमा चैत १३ गते र ढिलोमा चैत २३ गते बैंकिङ समयपछि बन्द गरिनेछ।

कोष प्रवर्द्धक कुमारी बैंक र योजना व्यवस्थापक कुमारी क्यापिटल रहेका यस खुलामुखि योजनाको १० रुपैयाँ अंकित दरका कुल १० करोड इकाइहरुमध्ये प्रथम चरणमा ५ करोड इकाइहरु बिक्री खुला गरिने भएको छ। जसमा १५ प्रतिशतले हुन आउने १ करोड ५० लाख इकाइ कोष प्रवर्द्धक कुमारी बैंकलाई सुरक्षित राखी बाँकी ३ करोड ५० लाख इकाइ सर्वसाधारणका लागि बिक्री खुला गरिनेछ।

कोष प्रवर्द्धक कुमारी बैंक र योजना व्यवस्थापक कुमारी क्यापिटल रहेका यस योजनाको१० रुपैयाँ अंकित दरका कुल १० करोड इकाइहरुमध्ये प्रथम चरणमा ५ करोड इकाइहरु बिक्री खुला गरिने भएको छ। जसमा १५ प्रतिशतले हुन आउने १ करोड ५० लाख इकाइ कोष प्रवर्द्धक कुमारी बैंकलाई सुरक्षित राखी बाँकी ३ करोड ५० लाख इकाइ सर्वसाधारणका लागि बिक्री खुला गरिनेछ।

यो योजनामा लगानीकर्ताले न्यूनतम १०० इकाइदेखि अधिकतममा ५० लाख इकाइसम्म खरिद आवेदन दिन सक्नेछन्। इकाइहरु खरिदका लागि लगानीकर्ताहरु सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालय र सीडीएससीको मेरो सेयरबाट आवेदन दिन सक्नेछन्।

यो खुलामुखी योजनाको निष्कासन बन्द छिटोमा चैत १३ गते र ढिलोमा चैत २३ गते बैंकिङ समयपछि बन्द गरिनेछ।

 

तपाईको प्रतिक्रिया