इक्रा नेपाल लिमिटेडले छ्याङ्दी हाइड्रोपावर लिमिटेडलाई विगतमा प्रदान गरेको निष्कासनकर्ता रेटिङ (इक्राएनपी–आईआर)बी माइनसलाई ‘इस्युअर नट कोअपरेटिङ’ श्रेणीबाट (इक्राएनपी–आईआर)बी मा अपग्रेड गरेको छ।

उक्त रेटिङ प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा उच्च जोखिम रहेका मानिन्छन्।

उक्त रेटिङ निष्कासनकर्ताको सामान्य क्रेडिट बिश्वसनीयतासम्बन्धी रायमात्र रहेको इक्राले जनाएको छ। ‘यो कुनै खास ऋणपत्रबिशेषको राय भने होइन’, इक्राले भनेको छ।

तपाईको प्रतिक्रिया