कुमारी बैंकले विभिन्न संस्थापक सेयरधनीहरुका नाममा कुल ८६ हजार ३३३ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो। जसमा संस्थापक सेयरधनी शौरभकृष्ण मल्लको ७१ हजार २६५ कित्ता र सञ्जीवभक्त श्रेष्ठको १५ हजार ६८ कित्ता छन्।
बिक्रीमा राखिएको सेयरमा विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्।
इच्छुक संस्थापक सेयरधनीहरुले यो सूचना प्रकाशित भएको ३५ दिनभित्र काठमाण्डौको नक्सालस्थित कुमारी क्यापिटलस्थित कार्यालय वा काठमाण्डौको टंगालस्थित कुमारी बैंकको प्रधान कार्यालयमा सेयर खरिदका लागि निवेदन दिनुपर्नेछ।
तोकिएको मितिभित्र संस्थापक सेयरधनीहरुबाट निवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थालाई सेयर बिक्री प्रक्रिया अगाडि बढाइने बैंकले जनाएको छ।

Online Arthik










