एनएमबि लघुवित्त वित्तीय संस्था संस्थाको सञ्चालक समितिको आइतबार (चैत ५ गते) बसेको बैठकले वार्षिक साधारणसभा आउँदो वैशाख १५ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा पोखराको न्युरोडस्थित सिटी स्क्वायरमा दिउँसो १२ः३० बजेबाट सुरु हुनेछ।

सभाले आर्थिक वर्ष २०७८–७९को मुनाफाबाट हाल कायम चुक्तापुँजी ६५ करोड ५८ लाख ६२ हजार ८६२ रुपैयाँको कुल १०.५२६३ प्रतिशतले हुन आउने ६ करोड ९० लाख ३८ हजार १९६ रुपैयाँबराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको पारित गर्नेछ। जसमा १० प्रतिशतले हुन आउने ६ करोड ५५ लाख ८६ हजार २८६.२० रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.५२६३ प्रतिशतले हुन आउने ३४ लाख ५१ हजार ९०९.८० रुपैयाँबराबरको नगद लाभांश छन्।

बोनस सेयर वितरणपछि संस्थाको जारी र चुक्तापुँजी वृद्धि हुने भएकोले सोहीबमोजिम प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पनि सभाले स्वीकृत गर्नेछ।

नेपाल राष्ट्र बैंककाट इजाजतपत्र प्राप्त अन्य लघुवित्त संस्था आपसमा गाभ्ने, गाभिने वा प्राप्ति प्रक्रिया अगाडि बढाउन उचित देखिएमा सोका लागि सम्पूर्ण कार्य गर्ने अधिकार सञ्चालक समितिलाई प्रदान गर्ने अर्को विशेष प्रस्ताव सभाले अनुमोदन गर्नेछ।

सभाले गत आर्थिक वर्षको वार्षिक र लेखापरीक्षकको प्रतिवेदन पनि स्वीकृत गर्नेछ।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ संस्थाले यही चैत १७ गतेदेखि आउँदो वैशाख १५ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ चैत १६ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

 

तपाईको प्रतिक्रिया