मर्जर प्रक्रिया स्वीकृत गर्न आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स दुवै कम्पनीको हिजो चैत ६ गते बसेको सञ्चालक समितिको बैठकले यही चैत २२ गते विशेष साधारणसभा डाकेका हुन्। आइएमई जनरलको सभा काठमाण्डौको लैनचौरस्थित लैनचौर ब्यांक्वेट र प्रुडेन्सियलको बाराको सिमरास्थित होटेल इच्छामा बिहान ११ बजेबाट सुरु हुनेछ।
दुवै सभाले मर्जरसम्बन्धी आआफ्ना सञ्चालक समितिका तर्फबाट प्रस्तुत प्रतिवेदन छलफल गरी पारित गर्नेछन्। सभाले दुवै कम्पनी गाभिएपछि बन्ने नयाँ कम्पनीको नाम ‘आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड’ राख्ने विशेष प्रस्ताव पारित गर्नेछन्।
त्यस्तै डीडीएका आधारमा निर्धारण गरिएको सेयर अनुपात १ः१ कायम गर्ने गरी मर्जरलाई अन्तिम स्वीकृति प्रदान गर्ने प्रस्ताव पनि दुवै सभाले अनुमोदन गर्नेछन्।
मर्जरसम्बन्धी सहमतिपत्र, अन्तिम सम्झौतापत्र तथा अन्य भए गरेका सम्झौतालगायत सम्पूर्ण कामकारबाही दुवै सभाले पातिर गर्नेछन्।
विशेष साधारणसभा प्रयोजनार्थ आइएमई जनरलले चैत १३ गते र प्रुडेन्सियलले चैत १७ गते बुक क्लोज गर्ने निर्णय गरेका छन्।

Online Arthik










