माई खोला हाइड्रोपावर कम्पनीको साधारण सेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन हो ।

उक्त आईपीओमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीले आज कार्यालय समय भित्र मात्रै आवेदन दिन पाउनेछन् ।

कम्पनीले फागुन २५ गतेदेखि आयोजना प्रभावित इलाम जिल्लाका स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सेयर निष्कासन गरेको हो ।

कम्पनीले ३ लाख ९२ हजार १५७ कित्ता सेयर र वैदेशिक रोजगारीमा रहेका नेपालीलाईलाई १ लाख ५२ हजार ९४१ कित्ता सेयर निष्कासन गरेको हो ।

आयोजना प्रभावित न्यूनतम १० देखि अधिकतम १० हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीले न्यूनतम १० देखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।

आयोजना प्रभावितले प्रभु, सेन्चुरी तथा प्राइम बैंकको स्थानीय शाखाबाट आवेदन दिन सक्नेछन् । यसको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।

वैदेशिक रोजगारीमा रहेका नेपालीले भने सी–आश्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सक्नेछन् ।

 

तपाईको प्रतिक्रिया