एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको उपप्रदेशिक कार्यालय बेथरी नवलपरासीले विश्व वित्तीय सप्ताह २०२३ को अवसरमा वित्तीय साक्षरता र्‍याली कार्यक्रम सञ्चालन गरेको छ।

विश्व वित्तीय सप्ताह २०२३ को अवसरमा संचालन भएको उक्त वित्तीय साक्षरतासम्बन्धी र्‍याली कार्यक्रमलाई परासी लघुवित्त कर्मचारी मञ्चले अगुवाइ गरेको थियो। जसमा त्यस क्षेत्रमा सेवा तथा कार्यक्रम प्रवाह गर्दै आएका १६ वटा लघुवित्तहरुमा आवद्ध सदस्य तथा कर्मचारीहरुको सहभागिता रहेको थियो। उक्त कार्यक्रम परासीको हाटबजारबाट सुरु भई बुद्धचोकमा पुगी कोणसभामा परिणत भएको थियो।

“साथी संगै सबल बन्दै” भन्ने मुल नाराका साथ उत्तरदायी लघुवित्तीय सेवाको अभ्यास गर्दै आएको यस एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड देशकै सबै भन्दा ठूलो शाखा संजाल र देशकै एक ठुलो सबल सक्षम एवं विश्वसनीय लघुवित्त वित्तीय संस्थाको रुपमा स्थापित भईरहेको छ । त्यस्तै उत्तरदायी लघुवित्तीय सेवाको अभ्यास गर्दै आएको एन आई सी एशिया लघुवित्त वित्तीय संस्थाले वित्तीय समावेशिकरणका लागि डोटी, जुम्ला, दार्चुला, जाजरकोट, बैतडी, अछाम, बजाङ, सल्यान, रसुवा, सिन्धुपाल्चोक जस्ता बैंक तथा वित्तीय संस्थाहरुको उपस्थिति न्युन रहेको दुर्गम जिल्लाहरु सहित नेपाल भरी आफ्ना २८७ शाखाहरु मार्फत २ लाखभन्दा बढि न्यून आय भएका, साना तथा मझौला उद्यमी सदस्यहरुलाइ गुणस्तरीय वित्तीय सेवा तथा गैह्रवित्तीय सेवा उपलब्ध गराउदै आएको र आगामी दिनहरुमा पनि सोहि अनुरुप कार्य लघुवित्तले जनाएको छ ।

तपाईको प्रतिक्रिया