
सिद्धार्थ बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको ८९ हजार ३५३ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो। जसमा संस्थापक सेयरधनी रजनी प्रधानको ७५ हजार कित्ता र शिशिरनाथ ज्ञवालीको १४ हजार ३५३ कित्ता छन्।
बिक्रीमा राखिएको सेयरमा हाल बैंकका संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन पेस गर्न सक्नेछन्।
इच्छुक संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र आफूले खरिद गर्न चाहेको सेयर संख्या खुलाई काठमाण्डौको हात्तीसारस्थित बैंकको केन्द्रीय कार्यालयको कम्पनी सचिवको कार्यालयमा सम्पर्क गर्न बैंकले आग्रह गरेको छ।
तोकिएको अवधिसम्म संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा प्रचलित कानुनबमोजिम उक्त सेयर अन्य सर्वसाधारण र संस्थाका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ।