प्रभु क्यापिटलले आउँदो वैशाख ९ गते विशेष साधारणसभा डाकेको हो। सभा काठमाण्डौको कमलादीस्थित रोयल सिंगी होटेलमा बिहान ९ बजेबाट सुरु हुनेछ।
सभाले सेञ्चुरी क्यापिटल प्राप्ति सम्बन्धमा प्राप्ति समिति तथा क्यापिटलले हालसम्म गरेका निर्णयहरु अनुमोदन गर्नेछ। प्राप्ति प्रयोजनका लागि तय गरेको १ः१ सेयर स्वाप रेसियो पनि सभाले पारित गर्नेछ।
सेञ्चुरी क्यापिटल प्राप्तिपछि प्रभु क्यापिटलको अधिकृत, जारी तथा चुक्तापुँजी वृद्धि हुने भएकोले सोहीबमोजिम प्रबन्धपत्र र निमायवलीमा संशोधन गर्ने प्रस्ताव पनि सभाले स्वीकृत गर्नेछ।
सोही सभाले प्रभु क्यापिटलले प्राथमिक सेयर निष्कासन गर्नेसम्बन्धी विशेष प्रस्ताव पारित गर्नेछ।
उता सेञ्चुरी क्यापिटलले सोही दिन विशेष साधारणसभा डाकेको छ। सभा काठमाण्डौस्थित क्यापिटलको केन्द्रीय कार्यालयमा बिहान ९ बजेबाट सभा हुनेछ।
सभाले सेञ्चुरी क्यापिटल प्रभु क्यापिटलम विलय हुने प्रक्रियालाई स्वीकृत गर्नेछ।

Online Arthik










