
ग्रीन डेभलपमेन्ट बैंक सञ्चालक समितिको आइतबार (चैत २६ गते) बसेको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजी ५१ करोड ९० लाख रुपैयाँको कुल ४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
प्रस्तावित लाभांशमा ३.८० प्रतिशतले हुन आउने १ करोड ९७ लाख २२ हजार रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.२० प्रतिशतले हुन आउने १० लाख ३८ हजार रुपैयाँबराबरको नगद लाभांश छन्।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने बैंकले जनाएको छ।