
प्रभु बैंकले विभिन्न संस्थापक सेयरधनीहरुको नाममा रहेको २५ लाख ७ हजार ४२९ कित्ता सेयर बिक्रीमा राखेको हो। जसमा गणपति वनस्पति प्रालिको नाममा रहेको १६ लाख ५९ हजार २४३ कित्ता, ताराप्रसाद भट्टराईको नाममा रहेको ५ लाख ७० हजार १८३ कित्ता, इन्सान भट्टराईको नाममा रहेको २ लाख २८ हजार ३ कित्ता र रञ्जना उदासको नाममा रहेको ५० हजार छन्।
यो सेयरमा हाललाई विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन पेस गर्न पाउनेछन्। इच्छुक संस्थापक सेयरधनीहरुले आफूले खरिद गर्न चाहेको सेयर संख्या र मूल्यसहितको खरिद आवेदन काठमाण्डौको बबरमहलस्थित बैंकको केन्द्रीय कार्यालयमा दिनुपर्नेछ।
सेयर खरिदका लागि ३५ दिनभित्र आवेदन दिनुपर्नेछ। तोकिएको अवधिमा संस्थापक सेयरधनीहरुबाट आवेदन नपरेको खण्डमा प्रचलित कानुनबमोजिम अन्य सर्वसाधारण तथा संस्थाका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ।