नयाँ वर्ष २०८० को अवसर पारेर मेगा क्यापिटलले २०:८० लगानी व्यवस्थापन (पीएमएस) सेवा प्रारम्भ गरेको छ। उक्त सेवा अन्तर्गत ग्राहकले लगानी पोर्टफोलियोमा हाल विद्यमान मुद्दती निक्षेपमा प्राप्त गर्न सकिने अधिकतम १२ प्रतिशत ब्याजदर भन्दा बढी नाफा भएको खण्डमा मात्र बढी नाफाको २० प्रतिशत नाफा साझेदारी ( Performance Fee) मेगा क्यापिटलले लिने गरी वार्षिक सञ्चालन सेवा शुल्क (AMC) मा शतप्रतिशत छुट प्राप्त गर्न सक्ने क्यापिटलले जनाएको छ।

क्यापिटलका अनुसार न्यून जोखिम आय उपकरणमा प्राप्त हुने आम्दानी सम्ममा सेवा शुल्क नलाग्ने हुनाले ग्राहक वर्गले न्यून लागतमा व्यवसायिक लगानी व्यवस्थापकको सेवा प्राप्त गर्न तथा शेयर बजार तर्फ लगानी प्रारम्भ गर्न मद्दत पुऱ्याउने छ । न्यूनतम ३ लाख नगद वा शेयर हस्ताणतरण गरेर उक्त सेवा न्यूनतम १ वर्षको लागि लिन सकिने र उक्त सेवा २०८० वैशाख महिनाभरिको लागि मात्र लागु क्यापिटलले जनाएको छ । क्यापिटलका अनुसार यस योजनामा अपेक्षित प्रतिफल १५ देखि २० प्रतिशत हुने अनुमान गरिएको छ ।

लगानी व्यवस्थापन सेवा प्रदायक कम्पनीहरु मध्ये छोटो समयमा मेगा क्यापिटलले गुणात्मक र परिमाणात्मक हिसाबले आफूलाई अब्बल साबित गर्न सफल भएको जनाएको छ। आफूले शेयर बजारमा लगानी गर्ने इच्छा हुदाहुदै पनि पर्याप्त समय दिन असमर्थ वा शेयर बजार सम्बन्धि जानकारी तथा अनुभव नभएता पनि विशेषज्ञहरुबाट व्यावसायिक तवरले लगानी व्यवस्थापन सेवा लिन सकिने क्यापिटलले उल्लेख गरेको छ।

तपाईको प्रतिक्रिया