आरबीबी म्युचुअल फन्डअन्तर्गत सन्चनलन हुने आरबीबी म्युचुअल फन्ड–२ का इकाइहरु वैशाख १७ गतेबाट बिक्री खुला गरिने भएको छ।
यस योजनाका १० रुपैयाँ अंकित दरका कुल १२ करोड इकाइ बिक्री खुला गर्न लागिएको हो। कुल इकाइमध्ये १ करोड ८० लाख इकाइ वा कुल बिक्री भएको इकाइ संख्याको न्यूनतम १५ प्रतिशत इकाइ कोष प्रवद्र्धक राष्ट्र वाणिज्य बैंकलाई सुरक्षित राखी बाँकी न्यूनतम १० करोड २० लाख इकाइ स्वीकृत विवरण पुस्तिकाको सर्तानुसार सार्वजनिक रुपमा बिक्रीका लागि खुला गरिन लागेको हो।
यो योजनामा लगानीकर्ताले न्यूनतम १०० इकाइ र अधिकतममा १ करोड २० लाख इकाइ खरिदका लागि आवेदन दिन सक्नेछन्। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरबाट खरिद आवेदन दिन सक्नेछन्।
यो योजनाको निष्कासन बन्द छिटोमा वैशाख २१ गते र ढिलोमा वैशाख ३१ गते हुनेछ।

तपाईको प्रतिक्रिया