काभ्रेपलान्चोकको धुलिखेलस्थित होटेल सारथीमा सम्पन्न विशेष साधारणसभाले मिर्मिरे र नेरुडे लघुवित्तबीच एक आपसमा गाभ्ने–गाभिनेसम्बन्धी विशेष प्रस्तावहरुलाई पारित गरेको हो।
आपसमा गाभिएपश्चात बन्ने एकीकृत संस्थाको नाम नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड हुने तथा संस्थाको रजिस्टर्ड कार्यालय काभे्रपलाञ्चोक जिल्ला वनेपा नगरपालिका वडा नं. १३ मा रहने, कर्पोरेट कार्यालय काठमाण्डौ र ललितपुर महानगरपालिकाबाहेक काठमाण्डौ उपत्यकाभित्र रहने गरी प्रस्ताव पारित गरेको छ।
दुवै संस्थाको शेयर स्वाप अनुपात १ः१ कायम गर्ने, आपसमा गाभ्ने–गाभिनेसम्बन्धी कार्यका लागि गरिएको अन्तिम सम्झौतापत्र, सहमतीपत्र तथा अन्य भए गरेका मर्जरसम्बन्धी सम्झौताहरुको अनुमोदन गर्ने, चल–अचल सम्पत्ति तथा दायित्व मुल्यांकन प्रतिवेदन तयार गर्नका लागि नियुक्त लेखापरीक्षक तथा मूल्यांकनकर्ताको नियुक्ति तथा पारिश्रमिकको अनुमोदन, आपसमा गाभ्ने–गाभिने प्रयोजनका लागि बाँकी प्रक्रिया अगाडि बढाउन सञ्चालक समितीलाई अख्तियारी प्रदान गरेको छ।

Online Arthik










