सपोर्ट लघुवित्त वित्तीय संस्थाको वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाले ६३ लाख ३१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत वर्षको यही अवधिको तुलनामा ४२.८८ प्रतिशतले कम हो। गत वर्ष यही अवधिमा संस्थाले १ करोड १० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

यो अवधिमा संस्थाले ६० लाख ६५ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको छ। गत वर्ष यही अवधिमा संस्थाले यस्तो नाफा १ करोड ७५ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको थियो। यो हिसाबले सञ्चालन मुनाफा पनि ६५.६९ प्रतिशलते घटेको छ।

समीक्षा अवधिसम्म संस्थाको खुद ब्याज आम्दानी १६.६६ प्रतिशतले घटेर ४ करोड ५२ लाख रुपैयाँमा सीमित भएको छ। गत वर्ष यही अवधिमा यस्तो आम्दानी ५ करोड ४२ लाख रुपैयाँ थियो।

चालु आर्थिक वर्षको ९ महिनामा संस्थाले ९९ करोड ४३ लाख सापटी लिई १ अर्ब ३९ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। गत वर्ष यही अवधिमा संस्थाले ९१ करोड २१ लाख रुपैयाँ सापटी लिई १ अर्ब २४ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो।

चुक्तापुँजी ९ करोड ५२ लाख रुपैयाँ रहेको संस्थाको रिजर्भको आकार ११.४४ प्रतिशतले घटेर ३ करोड ६५ लाख रुपैयाँमा खुम्चिएको छ। गत वर्ष रिजर्भमा ४ करोड १३ लाख रुपैयाँ रहेको थियो।

समीक्षा अवधिमा संस्थाको खराब कर्जा (एनपीएल) घटेर ३.२५ प्रतिशतमा झरेको छ। गत वर्ष एनपीएल ४.१४ प्रतिशत थियो।

संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ८.८६ रुपैयाँ, पीई रेसियो १०४.०१ गुणा र प्रतिसेयर नेटवर्थ १३८.४० रुपैयाँ रहेको छ।

 

तपाईको प्रतिक्रिया