
लक्ष्मी लघुवित्त वित्तीय संस्थाको सञ्चालक समितिको वैशाख १२ गते बसेको बैठकले संस्थाको सीईओमा सुन्दरप्रसाद श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको हो। उनको नियुक्त यही वैशाख १८ गतेदेखि लागू हुनेछ। उनको कार्यकाल ४ वर्षको हुनेछ।
हाल श्रेष्ठ संस्थाको नायब महाप्रबन्धकका रुपमा कार्यरत छन्।
हाल संस्थाको सीईओ प्रकाशराज शर्मा रहेका छन्। उनको कार्यकाल यही वैशाख १७ गतेबाट समाप्त हुँदैछ।