
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले २२ जनाको नाममा रहेको ७ लाख ३७ हजार १२६ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो ।
बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । शेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आज (वैशाख १३ गते) बाट ३५ दिनभित्र आवेदन दिनुपर्नेछ ।
बैंकको शेयर शाखा लाजिम्पाट, काठमाडौंमा खरिद गर्न चाहेको सेयर संख्या खुलाई आवेदन दिनुपर्नेछ । शेयर भाउ भने बिक्रेताले तेको वमोजिम हुने सूचनामा उल्लेख छ । उक्त समयमा संस्थापक सेयरधनीले शेयर खरिद नगरे अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।