रेमिट्यान्स कम्पनी आईएमई लिमिटेडले धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने भएको छ । आईपीओ निष्कासनका लागि कम्पनीले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड नियुक्त गरेको छ ।

मंगलबार आईएमई लिमिटेडको कार्यालय पानीपोखरीमा आयोजित कार्यक्रममा आईएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेल र प्रभु क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत आशिष गौचनले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त सम्बन्धी सम्झौतामा हस्ताक्षर गरे ।

तपाईको प्रतिक्रिया