निर्माणाधीन अरुण-३ जलविद्युत आयोजनाका लागि थप जग्गा अधिग्रहण प्रक्रिया अघि बढेको छ। जिल्ला प्रशासन कार्यालय संखुवासभाले सूचना सार्वजनिक गर्दै आयोजनाका लागि चाहिने थप जग्गा अधिग्रहण प्रक्रिया अघि बढाएको हो। मकालु गाउँपालिका (साविक पाथीभरा गाउँपालिका) -३ को जग्गा अधिग्रहण गर्न लागिएको छ।  २९ वटा कित्ता जग्गा अधिग्रहण गर्न लागिएको हो।

पाखो जग्गाका लागि प्रतिरोपनी ५ लाख रुपैयाँ, बारीको लागि ७ लाख ५ हजार रुपैयाँ प्रतिरोपनी, खेतका लागि ८ लाख रुपैयाँ प्रतिरोपनी जग्गा अधिग्रहण गर्न लागिएको छ।

सम्बन्धी जग्गाधनीहरुलाई ३५ दिनभित्र रीतपूर्वक निवेदन दिन आग्रह गरिएको छ। तोकिएको म्यादभित्र निवेदन नदिइ म्याद गुजारेमा कानुन बमोजिम हुने सूचनामा उल्लेख छ।

९०० मेगावाटको अरुण-३ जलविद्युत आयोजना भारतीय कम्पनी सतलज जलविद्युत निगमले (एसजेभीएन)ले निर्माण गरिरहेको छ। यो आयोजनाको करिब ६५ प्रतिशत भौतिक प्रगति छ। आगामी वर्ष बिजुली बाल्ने लक्ष्य रहेको आयोजनाले जनाएको छ।

 

तपाईको प्रतिक्रिया