राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको वैशाख १३ गते बसेको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी २६ करोड रुपैयाँको कुल १५ प्रतिशतले हुन आउने ३ करोड ९० लाख रुपैयाँबराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
प्रस्तावित लाभांशमा १४.२५ प्रतिशतले हुन आउने ३ करोड ७० लाख ५० हजार रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.७५ प्रतिशतले हुन आउने १९ लाख ५० हजार रुपैयाँबराबरको नगद लाभांश छन्।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी कार्यान्वयन गरिने संस्थाले जनाएको छ।
यसैबीच नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले ढिला गरी कारोबार समयमा लाभांश प्रस्तावसम्बन्धी निर्णयबारेको सूचना नेप्सेमा पठाएको भन्दै सेयर कारोबार रोक्का गरेको छ।
सेयर कारोबार रोक्का गर्दै नेप्सेले ३ कार्यदिनभित्र यस विषयमा स्पष्टीकरण पेस गर्न पनि राष्ट्र उत्थान लघुवित्तलाई निर्देशन दिएको छ।

Online Arthik










