सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले संस्थापक समूहको बिक्री खुलाएको छ। लघुवित्तले विभिन्न दुई संस्थापक सेयरधनीहरुको नाममा रहेको सेयर बिक्री गर्न लागेको हो।लघुवित्तले कुल १ लाख ६ हजार ९१२ कित्ता संस्थापक सेयर बिक्रीका लागि राखेको जानकारी दिएको छ।

नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार संस्थापक सेयर बिक्रीका लागि पहिलो प्राथामिकता विद्यमान संस्थापक सेयरधनीहरुलाई नै दिनुपर्ने व्यवस्था छ। सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले ३५ दिन भित्र निवेदन दिन सक्ने बताइएको छ।

सेयर खरिदका लागि वित्तीय संस्थाको कर्पोरेट कार्यालयमा आवेदन दिनु पर्ने छ।

तोकिएको समयभित्र संस्थापक सेयरधनीहरुले पर्याप्त आवेदन नदिए लघुवित्तले उक्त सेयर बाहिरका व्यक्ति तथा कम्पनीहरुलाई बिक्री गर्नेछ।

 

तपाईको प्रतिक्रिया