
नेपाल रिपब्लिक मिडियाले ३१ वैशाखदेखि प्राथमिक सेयर (आईपीओ) निष्कानस गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा ३१ वैशाखदेखि १४ जेठसम्म वैदेशिक रोजगारीमा रहेको नेपालीहरुका लागि आईपीओ जारी गर्ने लागेको छ ।
नेपाल धितोपत्र बोर्डले कम्पनीलाई जारी पूँजी ९६ करोड ७५ लाखको ४४.९९२२ प्रतिशतले हुने ४३ करोड ५३ लाख रुपैयाँ बराबरको ४३ लाख ५३ हजार कित्ता सधारण सेयर निष्कानस गर्ने स्वीकृति दिएको थियो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकति मूल्यमा आईपीओ निष्कासन गर्ने स्वीकृति पाएको हो ।
कुल सार्वजनिक निष्कनसन हुने सेयरको १० प्रतिशतले हुने ४ लाख ३५ हजार ३०० कित्ता सेयर कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गर्न लागेको हो ।
यस्तै सर्वसाधारणका लागि भने २६ जेठदेखि ३० जेठसम्म आईपीओ निष्कनसन गर्ने कम्पनीले प्रकाशित गरेको आह्वानपत्रमा उल्लेख छ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा आवेदन दिने अवधि ८ जेठसम्म थप हुनेछ ।