गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले एक सूचना प्रकाशित गरी आर्थिक वर्ष २०७७–७८को बोनस सेयरमा लाग्ने करबापतको रकम जम्मा गर्न सेयरधनीहरुलाई आग्रह गरेको हो। उक्त आर्थिक वर्षका लागि कम्पनीले १३.२७ प्रतिशत बोनस सेयर वितरण गरेको थियो।

उक्त बोनस सेयर गत वैशाख ६ गते सम्म १३ औँ वार्षिक साधारणसभाले अनुमोदन गरेको थियो। गत चैत २३ गतेभन्दा अघिसम्म कायम सेयरधनीले मात्र बोनस सेयर पाउन योग्य भएका थिए।

बोनस सेयरका लागि तिर्नुपर्ने रकमलगायतका विस्तृत जानकारी गुराँस लाइफ र सेयर रजिस्ट्रार एनएमबि क्यापिटलको वेबसाइटमा हेर्न सकिने सूचनामा उल्लेख छ।

 

तपाईको प्रतिक्रिया