प्रभु लाइफ इन्स्योरेन्स कम्पनी सञ्चालक समितिको सोमबार (वैशाख २५ गते) साँझ बसेको बैठकले हाल कायम चुक्तापुँजी २ अर्ब रुपैयाँको कुल १०.५२६ प्रतिशतबराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांशमा १० प्रतिशतले हुन आउने २० करोड रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.५२६ प्रतिशतले हुन आउने १ करोड ५ लाख २६ हजार ३१६ रुपैयाँबराबरको नगद लाभांश छन्।

प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गर्ने कम्पनीले जनाएको छ।

 

तपाईको प्रतिक्रिया