छ्याङ्दी हाइड्रोपावर वित्तीय विवरणअनुसार कम्पनीले समीक्षा अवधिमा ३६ लाख ९ हजार घाटा व्यहोरेको छ। गत वर्ष यही अवधिमा पनि कम्पनीले ६६ लाख ३० लाख रुपैयाँ घाटा व्यहोरेको थियो।

यो अवधिमा कम्पनीको विद्युत बिक्रीको आम्दानी १८.५० प्रतिशतले ब्ढेर ७ करोड ५८ लाख रुपैयाँ भएको छ। गत वर्ष यही अवधिमा यस्तो आम्दानी ६ करोड ४० लाख रुपैयाँ रहेको थियो।

कम्पनीको अन्य आम्दानी ५ लाख २ हजार रुपैयाँ रहेको छ। गत वर्ष यही अवधिमा यस्तो आम्दानी ८५ हजार रुपैयाँ रहेको थियो।

चुक्तापुँजी ३८ करोड ६९ लाख रुपैयाँ रहेको कम्पनीको सञ्चालन मुनाफा १९.७३ प्रतिशतले बढेर ५ करोड ६७ लाख रुपैयाँ भएको छ। गत वर्ष यस्तो मुनाफा ४ करोड ७३ लाख रुपैयाँ रहेको थियो।

कम्पनीको वार्षिकीकृत ईपीएस १.२४ रुपैयाँले ऋणात्मक रहेको छ। गत वर्ष पनि यही अवधिमा ईपीएस २.२८ रुपैयाँले ऋणात्मक थियो। कम्पनीको प्रतिसेयर नेटवर्थ ९७.७२ रुपैयाँ रहेको छ।

 

तपाईको प्रतिक्रिया