मर्जरमा गएका प्रुडेन्सियल र आइएमई जनरल इन्स्योरेन्सले बुधबारदेखि एकीकृत कारोबार सुरु गरेका छन्। मर्जरपछि बनेको आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार सुरु गरेको कम्पनीले जनाएको छ। नयाँ कम्पनीको अध्यक्षमा आइएमई जनरलका अध्यक्ष हेमराज ढकाल र प्रमुख कार्यकारी अधिकृतमा युगेश भक्त वादे श्रेष्ठ नै छन्।

मर्जपछि बन्ने नयाँ कम्पनीको संयुक्त चुक्ता पुँजी ३ अर्ब नाघेको छ। आइएमई जनरल इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब ८० करोड रुपैयाँ र प्रुडेन्सियल इन्स्योरेन्सको १ अर्ब १८ करोड रुपैयाँ चुक्ता पुँजी एकीकृत भएको हो।

दुई कम्पनीबीच गत माघ २९ गते सेयर अनुपात १:१ कायम रहने गरी मर्जर सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको थियो।

एकीकृत जगेडा र सञ्चित मुनाफा कोष ५१ करोड २४ रुपैयाँ पुगेको छ। बीमा कोषमा १ अर्ब ३५ करोड रुपैयाँ सञ्चित हुन्छ। संयुक्त कारोबारपछि कम्पनीको कुल पुँजी ४ अर्ब ९२ करोड रुपैयाँ पुगेको हो।

पछिल्लो त्रैमासको वित्तीय विवरण अनुसार आइएमई जनरल इन्स्योरेन्सको कुल बीमा शुल्क संकलन १ अर्ब ४२ करोड रुपैयाँ छ। त्यहीँ प्रुडेन्सियलले १ अर्ब ४ करोड आर्जन गरेको छ। संयुक्त कारोबारले बीमा शुल्क आर्जन २ अर्ब ४६ करोड रुपैयाँ पुग्दैछ। कम्पनीको कूल जारी बीमा लेखको संख्या झन्डै २ लाख पुगेको छ

 

तपाईको प्रतिक्रिया