नागरिक लगानी कोष (सीआईटी)ले कम्पनी सञ्चालक समितिको शुक्रबार (वैशाख २९ गते) बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई कुल २६.३१५८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
प्रस्तावित लाभांशमा २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.३१५८ प्रतिशत नगद लाभांश छन्।
प्रस्तावित लाभांशमा अर्थ मन्त्रालयका सहमतिपछि आगामी वार्षिक साधारणसभाबाट वितरण गरिने कम्पनीले जनाएको छ।

Online Arthik










