एनएमबि बैंकको एटीएम सेवा आज जेठ १ गते रातिबाट अवरुद्ध हुने भएको छ।
बैंकद्वारा जारी सूचनाअनुसार आज राति १०ः३० बजेबाट भोलि जेठ २ गते बिहान १ः३० बजेसम्म बैंकबाट जारी गरिएका कार्ड तथा एटीएम सेवा अवरुद्ध हुनेछ।
बैंकको स्विचमा सेक्युरिटी अपग्रेडसम्बन्धी कार्य गर्नका लागि उक्त अवधिभर एटीएम सेवा अवरुद्ध हुने बैंकले जनाएको छ।

Online Arthik










