जानकी फाइनान्स कम्पनीले दुईजना संस्थापक सेयरधनीको नाममा रहेको १ लाख ३३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो। जसमा अशोककुमार जालानको नाममा रहेको ७५ हजार कित्ता र अशोककुमार साहको नाममा रहेको ५८ हजार कित्ता रहेका छन्।
बिक्रीमा राखिएको सेयरमा हाललाई विद्यमान संस्थापक सेयरधनीहरुमात्रै खरिद आवेदन दिन सक्नेछन्।
संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र आफूले लिन चाहेको सेयर संख्या र मूल्य खुलाई संस्थाको कम्पनी सचिव कार्यालयमा खरिद आवेदन दिनुपर्नेछ।
तोकिएको समयभित्र संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा प्रचलित कानुनबमोजिम अन्य व्यक्ति तथा संस्थाका लागि बिक्री खुला गरिने संस्थाले जनाएको छ।

Online Arthik










