
लिबर्टी प्रवर्द्धित आयोजना २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ जलविद्युतले गत मंसिर १७ गतेदेखि व्यवसायिक उत्पादन सुरु गरेको छ। पोहोर चैतसम्म आम्दानी नै नहुँदा पनि कम्पनी १ करोड ९९ लाख रुपैयाँ मात्रै नोक्सानीमा थियो। तर उत्पादन थालेलगत्तै घाटा ह्वात्तै बढेको छ।
कम्पनीले नौ महिनामा १४ करोड १७ लाख रुपैयाँ ब्याज भुक्तानी गरेको छ। जुन पोहोर एक रुपैयाँ पनि थिएन। डेढ अर्ब चुक्ता पुँजी रहेको लिबर्टी इनर्जीको जगेडा २५ कोड ४६ लाख रुपैयाँ ऋणात्मक देखिन्छ।
चैतसम्म प्रति सेयर आम्दानी पनि ५.३३ रुपैयाँ ऋणात्मक छ भने प्रति सेयर नेटवर्थ ८३.०३ रुपैयाँ कायम छ।