सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी कम्पनीले आज एक सूचना प्रकाशित गर्दै व्यतित बीमालेखमा सतप्रतिशत विलम्ब शुल्क छुटका साथ पुनर्जागरण गर्ने जानकारी गराएको हो।
यो सुविधा आज जेठ ७ गतेदेखि असार १५ गतेसम्म लिन पाइने कम्पनीले जनाएको छ। विलम्ब शुल्क छुट बीमा अवधिभर एकपटकमात्रै पाइने हुँदा यो अवधिभित्र नवीकरण बीमाशुल्क भुक्तानी गरी आआफ्नो बीमालेख सक्रिय अवस्थामा ल्याउन कम्पनीले आग्रह गरेको छ।
बीमालेख पुनर्जागरण गर्दा कागजात पेस गर्नुपर्ने अवस्थामा कम्पनीको नजिकको शाखा वा उपशाखा कार्यालयमा सम्पर्क गर्न पनि कम्पनीले आग्रह गरेको छ।

Online Arthik










